कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिर बन्द हुने

काठमाडौँ — कृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लाग्ने ललितपुरको कृष्ण मन्दिर मंगलबार भक्तजनहरुका लागि बन्द हुने भएको छ । कोभिड–१९ महामारी व्यापक फैलिएका कारणले स्थानीय जनप्रतिनिधि, पुजारी, मंगल टोल सुधार संघ, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला व्यक्तिहरु बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिर बन्द हुने

ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले यस वर्ष आन्तरिक पूजामा मात्र सिमित हुने बताए । प्रत्येक वर्ष भाद्र अष्टमीमा कृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर मुलुकभर कृष्ण मन्दिरमा मेला लाग्ने गर्दछ । पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिरमा अष्टमीकै दिन राष्ट्रप्रमुखबाट पनि पूजा अर्चना गर्ने प्रचलनसमेत रहेको छ ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान विष्णुको आठौं अवतारका रुपमा कृष्णको जन्म भएको धार्मिक विश्वास छ ।



प्रकाशित : श्रावण २६, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?