१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बालाजुमा विस्थापितको रिले अनशन [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अगुवाईमा बालाजु क्षेत्रमा रिले अनशन जारी राखिएको छ । सडक विस्तारको क्रममा बालाजु-बाइपास क्षेत्रमा रहेका दुई घर भत्काइएपछि विस्थापितहरुले शनिबारदेखि रिले अनशन  थालेका हुन् ।

बाइपासमा सार्वजनिक बिदा (गाईजात्रा) को अवसरमा ५ वटा डोजरले बाइसधारा र बाइपास जोड्ने सडक खण्डमा रहेका दुई घर भत्काएका थिए ।

बालाजुमा विस्थापितको रिले अनशन [तस्बिरहरु]

अनशनकारीले प्रहरी प्रशासनको रोहबरमा आधार र सूचनाबिना घर भत्काएको आरोप लगाएका छन् ।

अदालतले सडक विस्तार हाललाई रोक्न भन्दै अन्तरिम आदेश दिइए पनि आफूहरुको घर घत्काइएकोमा स्थानीयले विरोध जनाएका छन् ।

प्रकाशित : श्रावण २५, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?