कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु 

कान्तिपुर संवाददाता

भक्तपुर — मिनी भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु 

शनिबार साँझ च्याम्हासिंहबाट जगातीतर्फ आउँदै गरेको बा १९ च ३३८४ नम्बरको मिनिभ्यान र विपरित दिशाबाट आइरहेको बा १६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१० कमलविनायकका १९ वर्षीय सुमन श्रेष्ठ कुटवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट सख्त घाइते कुटवालको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी चक्रराज जोशीले बताए । मिनिभ्यान चालक रामेछाप सुनपाती गाउँपालिका–७ खनिया घर भइ काठमाडांैं शंखमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर कारबाही थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?