उपत्यकामा संक्रमित एक हजार नाघे

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा शनिबारसम्म एक हजार ४४ जना संक्रमित भेटिएका छन्  । तीमध्ये ८ सय ६ जना सक्रिय संक्रमित छन् ।

उपत्यकामा संक्रमित एक हजार नाघे

काठमाडौंमा ८ सय २२, ललितपुरमा १ सय ३७ र भक्तपुरमा ८५ जना संक्रमित पाइएको हो । काठमाडौंमा ७ सय ४१ पुरुष र ३ सय ३ जना महिला संक्रमित छन् । ललितपुरमा ५ सय ९८ पुरुष र दुई सय २४ महिला छन् । भक्तपुरमा पुरुष ५१ जना र महिला ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५६ जना, ललितपुरमा ३ र भक्तपुरमा ३ जना नयाँ संक्रमित फेला परेका छन् ।


प्रकाशित : श्रावण २५, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?