स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सख्त घाइते भक्तपुर नगरपालिका–२ भोलाछेंकी ४१ वर्षीया सुन्दरी सुवालको उपचारका क्रममा मृत्यु भएको हो ।

स्कुटरको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा बिहीबार मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताए । पैदलयात्रुलाई ठक्कर दिने स्कुटर र स्कुटर चालक चाँगुनारायण नगरपालिका–६ छालिङका २२ वर्षीय आशिष कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : श्रावण २२, २०७७ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?