पीसीआर परीक्षणको संख्या बढाउन माग गर्दै वसन्तपुरमा प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘इनफ इज इनफ’ अभियानमा आबद्ध युवाहरुले शनिबार बसन्तपुर दरबार स्क्‍वायरमा प्रदर्शन गरेका छन् । आफ्ना मागहरुको खबरदारी गर्नका लागि शनिबार युवाहरुले प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

सरकारले माग पूरा गर्ने सहमति पालना नगरेको भन्दै ८ दिनअघिदेखि अभियन्ता ई: लगायतले पुन: सत्याग्रह जारी राखेका छन् । सुरुमा १२ दिनको सत्याग्रह बसेको टोलीले असार २३ गते सरकारले उनीहरुको माग पूरा गर्ने भनेर प्रतिबद्धता जनाउँदै अनशन तोडाएको थियो ।

उनीहरुले कोभिड १९ को पीसीआर परीक्षणको संख्या बढाउनुपर्ने, स्वास्थ्य सामग्री खरिदको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, कोरोना रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने लगायत माग राखी राखेका छन् ।

सरकारले कोरोना भाइरस संक्रमण दर घट्दै गएको र अर्थतन्त्र उकास्न भन्दै करिब चार महिनादेखिको लकडाउन मंगलबार अन्त्य गरेको छ । शनिबारसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना संक्रमित फेला परिसकेका छन् भन ४५ जनाको मृत्यु भएको छ ।


तस्बिरहरु : केशव थापा/कान्तिपुर

प्रकाशित : श्रावण १०, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्

पृथ्वी राजमार्गको तनहुँ खण्ड अझै सञ्‍चालनमा आएन

सम्झना रसाइली

तनहुँ — अविरल वर्षका कारण भाँसिएको जिल्लाको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित पृथ्वीराजमार्ग अझै सञ्‍चालनमा आउन सकेको छैन ।  मंगलबार भाँसिएको सडक मर्मत नसकिँदा राजमार्ग सुचारु हुन नसकेको हो ।

डाइभर्सनमार्फत सावारी साधान सञ्‍चालनमा ल्याए पनि ठूला मालवाहक ट्रकहरु फसेकोले शुक्रबारदेखि मर्मत कार्य थालिएको सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियार सचिन श्रेष्ठले बताए । ‘शनिबार साँझसम्म साना सवारी साधान सञ्चालन गर्ने गरी काम भइरहेको छ,' उनले भने, 'आइतबार साँझसम्म राजमार्ग पूर्ण रुपमा सञ्‍चालनमा ल्याउने प्रयासमा छौं ।’

यस्तै, एम्बुलेन्स लगायत अत्यावश्यक सावारी साधनलाई वैकल्पिक मार्गबाट आउजाउ गर्न दिइएको जिल्ला ट्राफिक प्रमुख रेशमबहादुर रानाभाटले बताए । जिल्लाको आँबुखैरेनी, डुम्रे, घाँसीकुवा, दमौलीमा सवारी साधान रोकेर सडक निर्माण कार्यलाई सहज बनाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा धेरै मात्रामा सवारी साधान अलपत्र परेका छन् ।

सडक निर्माणमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत खटिरहेका छन् ।




प्रकाशित : श्रावण १०, २०७७ १७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×