कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बलात्कार आरोपित १४ महिनापछि पक्राउ

भक्तपुर — किशोरी बलात्कारका फरार आरोपीलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिले अभियुक्त रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश बताउने सुरेश भण्डारीलाई पक्राउ गरेको हो । उनीमाथि ०७६ जेठ २७ मा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । 

बलात्कार आरोपित १४ महिनापछि पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ मा मासु पसल सञ्‍चालन गर्ने भण्डारीले विभिन्‍न बहानामा डेरामा लगेर करणी गरेको र कोही कसैलाई भने ज्यान मार्ने धम्की दिएको खुल्न आएको वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए । ‘ज्यान मार्ने धम्कीकै कारण ती किशोरीले आफू बलात्कृत भएको कसैलाई भन्न सकिनन्, गर्भ रहेको समेत कसैले थाहा पाएनन्,’ उनले भने, ‘सुत्केरी व्यथा लागेर अस्पताल पुगेपछि मात्र हल्लाखल्ला भयो ।’

प्रहरीका अनुसार पीडित किशोरी सामाजिक संस्थाको संरक्षणमा छिन् । किशोरी सुत्केरी भएपछि सोही संस्थाले असार १४ मा जबरजस्ती करणी मुद्दामा जाहेरी दिएको डीएसपी कँडेलले बताए । मंगलबार पक्राउ परेका भण्डारीलाई जबरजस्ती करणी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित : श्रावण ७, २०७७ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?