कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्तीतिर फैलिँदै हनुमन्तेको बाढी

भक्तपुर — अविरल वर्षासँगै उर्लिएको हनुमन्ते खोला बस्तीतिर फैलन थालेको छ । बाढीले खोलाआसपासको क्षेत्र डुबानमा परिसकेको छ ।

बस्तीतिर फैलिँदै हनुमन्तेको बाढी

शनिबारदेखिको निरन्तर वर्षाका कारण हनुमन्तेमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले हनुमन्तेमा बाढी बढेकाले आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरिएको बताइन् ।

हनुमन्तेको बाढी भक्तपुरका राममन्दिर, बाराहीस्थान, राधेराधे, बालकोटलगायत स्थानका बस्तीमा पस्न थालिसकेको छ ।

हनुमन्तेको सहायक घट्टेखोलामा आएको बाढीले सूर्यविनायक–५ गैरीधारा टोल डुबानमा परेको छ ।

प्रकाशित : श्रावण ६, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?