कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रसूति गृह र वीरलाई कोरोना परीक्षण सामग्री हस्तान्तरण

काठमाडौँ — काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परीक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । भगिनी सम्बन्ध स्थापित ल्हासा नगरले महानगरपालिकालाई अनुदानस्वरुप दिएका स्वास्थ्य सामग्री दुई अस्पताललाई आइतबार हस्तान्तरण गरेको हो ।

प्रसूति गृह र वीरलाई कोरोना परीक्षण सामग्री हस्तान्तरण

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) ५ सय थान हस्तान्तरण गरेको छ । त्यसैगरी प्रसूति गृहलाई पीसीआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पीपीइ ५ सय थान हस्तान्तरण गरिएको महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताए ।

स्वास्थ्य सामाग्री हस्तान्तरणपछि महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘हामीलाई ल्हासा सहरले पहिलो चरणमा केही सामग्री पठाएको थियो । त्यही सामाग्री हामीले स्वास्थ्य मन्त्रालयसाग समेत समन्वय गरेर विर अस्पताल र प्रसूति गृहलाई हस्तान्तरण गरेका हौं ।,’ मेयर शाक्यले आगामी दिनमा थप सहयोग गर्ने आश्वासन दिए । हामी तयार छौं ।’

स्वास्थ्य सामाग्री लिँदै वीर अस्पतालका निर्देशक डा केदारप्रसाद सेन्चुरी र प्रसूतिगृहका निमित्त निर्देशक डा सन्दिप पौडेलले आगामी दिनमा पनि महानरपालिकासाग थप सहयोगको अपेक्षा गरेको बताए ।

प्रकाशित : श्रावण ४, २०७७ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?