गाईजात्रालाई औपचारिक पूजामा सीमित गर्न आग्रह

भक्तपुर — कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनिकरण तथा नियन्त्रणका लागि भन्दै भक्तपुर नगरपालिकाले ऐतिहासिक गथांमुगः चःह्रे र गाईजात्रा पर्वलाई औपचारिक पूजाआजामा सीमित गर्न आग्रह गरेको छ ।

नगरपालिकाले साउन ४ गते गथांमुगः चःह्रे र साउन १९ देखि २७ गतेसम्म मनाइने गाईजात्रा (सापारु) पर्वलाई औपचारिक पूजाआजा मै सम्पन्‍न गर्न आग्रह गरेको हो ।

दुवै पर्वमा एकै ठाउँमा सयौंको संख्यामा भीड जम्मा भइ मनाउने प्रचलन रहेको र यसवर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेको परिस्थितिमा नृत्य पूजा मात्रै गरेर जात्रा मनाउन सरोकारवालासँग छलफल गरेर औपचारिक पूजामा सीमित गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

सरोकावाला, सांस्कृतिक समूह, संस्कृतिकर्मीहरुको नगरस्तरीय भेलाबाट प्राप्त राय सुझाव अनुसार गथांमुगः चःह्रेको दिन गथांमुगः नबनाउन र गाईजात्रा औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी, परम्परागत एवं आधुनिक सांस्कृतिक प्रदर्शनीहरु नगर्न आग्रह सहितको सूचना सार्वजनिक गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।

प्रकाशित : असार ३०, २०७७ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?