कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

बैंकिङ कसुर मुद्दाका २ फरार अभियुक्त पक्राउ 

काठमाडौँ — बैंकिङ कसुर मुद्दाका २ फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१८ ताम्सिपाखाकी ४८ वर्षीया सुनिता चित्रकार र  काठमाडौं–१४ कलंकीका ४९ वर्षीया मनोजलाल सिंह सुवाल रहेका छन् । 

बैंकिङ कसुर मुद्दाका २ फरार अभियुक्त पक्राउ 

उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभई विभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी २०७६ फागुन २६ गते उच्च अदालत पाटनबाट सुनितालाई ३ दिन कैद, ६ लाख ५० हजार रुपैयाँ जरिवाना र मनोजलाललाई ७ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सजाय हुने फैसला भएको थियो ।

उक्त सजाय बेरुजु रही फरार रहेका प्रतिवादीहरुमध्ये सुनितालाई बिहीबार स्वयम्भूबाट र मनोजलाललाई शुक्रबार रविभवनबाट पक्राउ गरेको ब्यूरो प्रमुख डिआईजी सहकुल थापाले बताए । पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेको उनले बताए ।

प्रकाशित : असार २६, २०७७ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?