१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘नेवाः सम्पदा मास्न पाइँदैन’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ — ‘विकास निर्माणका नाममा नेवाः सम्पदा मास्न पाइँदैन’ भन्दै शुक्रबार माइतीघरमा विरोध सभा आयोजना गरिएको छ । 

‘नेवाः सम्पदा मास्न पाइँदैन’ भन्दै माइतीघरमा प्रदर्शन

खेकनामा स्थानीयमाथि ज्यादती भएको, फास्ट ट्रयाकका नाममा नेवाः समुदायमा हस्तक्षेप भएको भन्दै नेकपा क्रान्तिकारी माओवादी ३ नं प्रदेश र नेवा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय समितिले विरोध सभा आयोजना गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘विकास निर्माणको नाममा नेवाः सम्पदा मास्न पाइँदैन’, ‘सडक विस्तार पीडितहरुलाई उचित क्षतिपूर्ति दे’, ‘नेवा: जातिलाई विस्थापित गर्ने आउटर रिङरोड स्मार्टसिटी आयोजना खारेज’, ‘खोकनाका किसान नेवाः समुदायमाथिको राज्य आतंक–मूर्दावाद’, ‘भूमिमाथि भइरहेको माफियाकरण बन्द गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर प्रदर्शनकारीहरु विरोध सभामा भेला भएका थिए ।


प्रकाशित : असार २६, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?