कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर — बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ चैत्र २४ मा उच्च अदालत पाटनले २ महिना कैद ५० लाख रुपैयाँ जरिवानाको फैसला गरेपछि फरार सूर्यविनायक नगरपालिका–५ बासुटोलका ४२ वर्षीय भुपेन्द्र गोराजुलाई प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

पक्राउपछि गोराजुलाई मंगलबार जिल्ला अदालत भक्तपुरमा पेस गरेको थियो । अदालत फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा पठाइएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए । उनलाई कृष्ण गोपाल राजलवट उजुरीबमोजिम उच्च अदालतले फैसला गरेको थियो ।

यसैबीच उपत्यकाका विभिन्न सुनचाँदी पसलको सटर फोडेर सुन तथा चाँदीका गरगहना र नगद चोरीको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिकाका ३७ वर्षीय गंगाबहादुर तामाङ, महोत्तरी बर्दिबास नगरपालिका–४ का ४५ वर्षीय बुद्धबहादुर माझी र उदयपुर रामपुर गाउँपालिका–३ का ४९ वर्षीय जङ्गबहादुर माझी रहेका प्रहरीले जनाएको छ । उनीहरुमाथि गत फागुनमा काठमाडौंको लाजिम्पाटमा रहेको ज्वेलर्सबाट १ किलो १ सय ५० ग्राम बराबरको सुनका गहना, ८ किलो ५ सय ६० ग्राम चाँदीका गहना र नगदगरी ८५ लाख रपैयाँ बराबरको धनमाल चोरीको आरोप छ ।

प्रकाशित : असार २३, २०७७ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?