कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

उपत्यकामा थपिए २८ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिए ।  

उपत्यकामा थपिए २८ कोरोना संक्रमित

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका ४ र ललितपुरका १० जनामा संक्रमण देखिएको हो ।

मंगलबार सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना संक्रमण देखिएको छ । अछाम र बैतडीका ११/११, महोत्तरीका ९, धनुषा र अर्घाखाँचीका ८/८, डोटीका ७, मोरङ र डडेलधुराका ६/६, सल्यान, रुकुम पश्चिम र नवलपसारीका ५/५, सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका ३/३, तनहुँ, पाल्पा र बर्दियाका २/२, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा मुलुकभर २०४ संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । पछिल्लो २४ घन्टामा ६ हजार १३३ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म पीसीआर विधिबाट २ लाख ६१ हजार ८६१ नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असार २३, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?