रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — असार २४ गते हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरिएको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयको मंगलबार बसेको बैठकले रातो मच्छिन्द्रनाथ रथारोहण र रथारोहणसँग सम्बन्धित सम्पर्ण कार्यहरु स्थगित गरेको बताएको छ ।


पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै रथारोहण स्थगित गरिएको हो ।


प्रकाशित : असार २३, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्

पछिल्लो २४ घन्टामा ६ सय ८८ जना डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा ६ सय ८८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोभिड १९  प्रेस ब्रिफिङमा ६ सय  ८८ जना स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिइएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितमध्ये ७ हजार ४९९ निको भइसकेका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमितको संख्या १६ हजार १६८ को आधारमा निको हुनेको प्रतिशत ४६.४ रहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार यसअघि ७७ जिल्लामा नै पोजिटिभ देखिएको मा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोनामुक्त भएका छन् ।

प्रकाशित : असार २३, २०७७ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×