चन्दागिरिमा मात्रै १० जना कोभिड संक्रमित

काठमाडौँ — चन्दागिरि नगरपालिकामा मात्र शुक्रबार १० जनामा कोरोना संक्रमण देखिएको छ । नगरपालिकाको मातातिर्थस्थित जनविकास विद्यालयको क्वारेन्टाइनमा बसेको ४ जना र बाहिर देशबाट आएका ६ जनामा कोभिड –१९ संक्रमण पुष्टि भएको नगरप्रवक्ता हरिभक्त महर्जनले बताए ।

चन्दागिरिमा मात्रै १० जना कोभिड संक्रमित

क्वारेन्टाइनमा रहेका दाङका २९ वर्षीय पुरुष, सिन्धुलिका ४२ वर्षीय, अर्घाखाँचीका ५३ वर्षीय र काभ्रेका ३१ वर्षLय पुरुष हुन् ।

क्वारेन्टाइका संक्रमित असार ५,६ र ७ गते नगरपालिका प्रवेश गरेका थिए ।


अन्य ६ जना संक्रमित अरु देशबाट आएको र उनीहरुको खोजी भइरहेको उनले बताए । क्वारेन्टाइनमा ४ जना संक्रमित बलम्बुस्थित कोभिड–१९ अस्पतालमा पुर्‍याइसकेको उनले बताए ।


प्रकाशित : असार १९, २०७७ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?