२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

ललितपुर महानगरको नगरसभा स्थगित

ललितपुर — ललितपुर महानगरपालिकाको बुधबार सम्पन्न गर्ने भनिएको नगरसभा असार २१ गतेसम्मको लागि स्थगित भएको छ । महानगरका वडा सदस्यहरुले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे समीक्षा नगरीकन आगामी वर्षको बजेट ल्याउन खोजेको भन्दै विरोध जनाएपछि नगरसभा स्थगित भएको हो । 

ललितपुर महानगरको नगरसभा स्थगित

महानगरका मेयर चिरीबाबु महर्जनले वडा सदस्यहरुलाई आगामी आर्थिक वर्षको लागि प्रस्तुत नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्न अनुरोध गरेका थिए । त्यसक्रममा सभामा बोल्ने अधिकांश सदस्यहरुले चालु आर्थिक वर्षका कार्यक्रमको समीक्षा गर्न माग गरेका थिए ।

ललितपुर महानगरका–१६ वडासदस्य पञ्चबज्र बज्रचार्यले वडाअध्यक्षहरुले योजना बनाउन र कार्यान्वयन गर्न वडा सदस्यहरुलाई वेवास्ता गर्ने गरेको गुनासो गरे । ‘वडाको योजना तर्जुमा, कार्यान्वयन र मूल्याकंनलगायत वडाभित्र बन्ने संयन्त्रमा वडा सदस्यहरुको खासै भूमिका राखिदैन,’ उनले भने, ‘वडा सदस्यहरु पनि जननिर्वाचित भनेर वडाअध्यक्षले ठानेको अनुभूति भएन ।’

प्रकाशित : असार १७, २०७७ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?