१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

ललितपुर प्रहरीको हिरासत कक्षमा झुन्डिएर आत्महत्या

ललितपुर — महानगरीय प्रहरी परिसर, जावलाखेलको हिरासत कक्षमा सिरहाका एक जनाले बुधबार बिहान आत्महत्या गरेका छन् ।  आत्महत्या गर्नेमा कोटेश्वर बस्ने २४ वर्षीय दुर्गेश यादव छन् ।

ललितपुर प्रहरीको हिरासत कक्षमा झुन्डिएर आत्महत्या

प्रहरीले उनलाई असार १४ गते बालकुमारीस्थित मकैबारीमा राखेर १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको मुद्दामा सोही राति ग्वार्कोबाट पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईका अनुसार यादवले आफू सुतेको तन्ना च्यातेर डोरी जस्तो बनाइ झ्यालमा झुण्डिएर आत्महत्या गरेको हुन् ।

घटना घट्दा परिसरको नवनिर्मित ब्यारेक भवन उद्घाटन कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले आफ्नो मन्तव्य दिइरहेका थिए । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरुलगायत उपस्थित थिए ।

प्रकाशित : असार १७, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?