१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पाइपलाई बम भन्दै हल्ला गरेपछि...

काठमाडौँ — सोमबार साँझ कोटेश्‍वर महादेवस्थानबाट प्रहरीलाई 'यहाँ बम जस्तो देखिने वस्तु राखिएको छ । तत्काल आउनुपर्‍यो' भन्दै खबर पुग्‍यो ।

त्यसपछि महानगरीय प्रहरी वृत्त बानेश्‍वरको टोली उक्त स्थानमा पुग्यो । वरिपरीको स्थान सिल गरेर प्रहरीले नेपाली सेनालाई खबर गर्यो । केही बेरमै सेनाको बम डिस्पोजल टोली त्यसतर्फ पुग्यो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले बम भनेर हल्ला गरिएको र डिफ्युज गरेपछि मात्रै पाइपमा टेपले बाँधेर ठड्याइएको वस्तु भेटिएको बताए । केही बेर बमको हल्ला पछाडि त्यस क्षेत्र वरपर सर्वसाधरणमा त्रास फैलिएको थियो ।

शंकास्पद वस्तु भेटिने बित्तिकै प्रहरीले सेना मार्फत डिफ्युज गराउने गर्छ । कतिपय स्थानहरुमा यस्ता शंकास्पद वस्तु पड्कदा मानिसको ज्यान जाने गरेको र त्यही अनुरुप यसलाई पनि प्रक्रिया पुर्‍याएर डिफ्युज गरिएको एसएसपी ज्ञवालीले बताए ।

प्रकाशित : असार १५, २०७७ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?