१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भक्तपुरमा ढुंगा प्रहार गरी हत्या

भक्तपुर — भक्तपुर नगरपालिका–४ ग:हिटीस्थित ढुंगा प्रहार गरी एक जनाको हत्या भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ग:हिटीस्थित सार्वजनिक पाटीमा अन्दाजी ४५ वर्षीय जडीबुटि उपनामले चिनिने कृष्ण तामाङ मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सामान्य आपसी विवादमा सिन्धुली तीनपाटन गाउँपालिका घर भइ ग:हिटी बस्ने ३० वर्षीय इन्द्रबहादुर तामाङले ढुंगा प्रहार गरी हत्या गरेको खुलेको छ ।

हत्याको आरोपमा इन्द्रबहादुरलाई प्रहरी नियन्त्रणमा लिइ आवश्यक कारबाही थालेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए । इन्द्रबहादुर ग:हिटीमा ज्याला मजदुरी गर्दै आएका थिए ।

मृतक तामाङको टाउको, निधार र चिउडोमा चोट छ । मृतकको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा पठाइएको डीएसपी गिरीले बताए ।

प्रकाशित : असार १५, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?