कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भक्तपुरमा गोठमा आगलागी, तीन गाई र एक बाछा मरे

भक्तपुर — सूर्यविनायक–८ सिपाडोल तौडोलकी पार्वती थापाको गाई गोठमा बुधबार आगलागी हुँदा तीन गाई र एक बाछा मरेका छन् ।

भक्तपुरमा गोठमा आगलागी, तीन गाई र एक बाछा मरे

गोठमा लामखुट्टे भगाउन बालेको धूपबाट आगो सल्किएको हो । आगलागीबाट दुई वटा गर्भवती गाई, बाछा र दुहुनो गाई मरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब साढे ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगो स्थानीयको सहयोगमा राती नै निभाइएको छ ।

आगलागीबाट आयको स्रोतसमेत गुमेकोपछि पार्वतीले गुनासो पोखिन् । ‘मैले १५ वर्षदेखि गाईकै आम्दानीबाट घर खर्च धान्ने, छोराछोरी पढाउने गर्दै आएकी थिएँ,’ उनले रुँदै भनिन्,‘सम्पूर्ण सम्पत्ति गुम्यो ।’ पार्वतीले तीन वटा गाईबाट उत्पादन हुने आम्दानीको आशाले भूकम्पले क्षतिग्रस्त घर उभ्याइन् । ‘१५ लाख रुपैयाँभन्दा बढी त ऋण नै छ, दुई वटा गाई ब्याएपछि बेचेर केही ऋण तिर्ने विचार गरेकी थिएँ,’ उनी बताउँछिन्,‘एउटा गाई भर्खरै ब्याएको थियो, माउबाछा नै मर्‍यो । घरकै बाछी हुर्काएर माउ बनाएकी थिएँ ।’

पार्वतीका अनुसार दैनिक १५ देखि २० लिटर दूध बेच्न थालिएको थियो । आगलागीबाट मरेका गाई छिमेकीहरुले खाल्डा खनेर गाडीदिएका छन् ।

प्रकाशित : असार ११, २०७७ २३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?