२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भक्तपुरको पाँचतले मन्दिर ३ सय १९ वर्षमा प्रवेश

भक्तपुर — विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको पाँचतले (ङातापोल) मन्दिर ३ सय १९ वर्षमा प्रवेश गरेको छ । ३ सय १८ वर्ष पुरा भइ ३१९ प्रवेशको अवसरमा मन्दिरमा विशेष पूजा गरी गजुरमा झण्डा फहराइएको छ । 

भक्तपुरको पाँचतले मन्दिर ३ सय १९ वर्षमा प्रवेश

प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाको दिनलाई पाँचतले मन्दिर जन्मोत्सव मनाइँदै विशेष पूजा गरी मन्दिरको गजुरमा झण्डा फहराइने परम्परा छ । सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झण्डा फहराइएको हो ।

कोरोना महामारीका कारण सिमित व्यक्तिको उपस्थितीमा सामान्य पूजा गरेर झण्डा फहराइएको पुजारी पदम कर्माचार्यले बताए । यसअघि पूजामा बोकाको बली दिने परम्परा रहेको थियो ।

पाँचतले मन्दिरमा राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीहरुले पूजा गर्ने परम्परा छ । मन्दिरको गजुरमा तुछिमला टोलका अवालहरुले झण्डा फहराउने गर्दछन् । मन्दिरमा झण्डा राख्‍नका लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिरमाथि प्रवेश नदिने परम्परा रहेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्र जोशीले बताए ।

नेपाल सम्वत ८२२ राजा भूपतिन्द्र मल्लले सिद्ध अग्‍नी कोत्याहुती होम लगाएर श्री सिद्धिलक्ष्मी देवीलाई पाँचतले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहासमा उल्लेख छ । सोही दिनको सम्झनामा प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिनलाई पाँचतले मन्दिरको जन्मोत्सवको रुपमा झण्डा फहराइने गरिन्छ ।

२०७२ वैशाखको भूकम्पको धक्काले क्षति पुगेको पाँचतले मन्दिर जीर्णोद्धारको कार्य भइरहेको छ । भक्तपुर नगरपालिकाले जीर्णोद्धार थालेको उक्त मन्दिरको चौथो तलासम्मको कार्य सम्पन्न भइसकेको छ ।

प्रकाशित : असार ८, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?