२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कोरोना संक्रमण फैलन सक्ने भन्दै महानगर र स्थानीयले हटाए फुटपाथ पसल

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरणका लागि भन्दै काठमाडौं महानगरपालिका र स्थानीयले फुटपाथ पसलहरु हटाएका छन् । अव्यवस्थित रुपमा पसल राख्दा कोभिडको संक्रमण फैलन सक्ने जनाउँदै महानगर प्रहरी, स्थानीयले शुक्रबार बिहान असन, इन्द्रचोक, बाङ्गेमुढा, क्षेत्रपाटीका फुटपाथ पसलहरु हटाइदिएका हुन् । पसल हटाउने क्रममा दुवै पक्षबीच सामान खोसाखोस भएको थियो । 

कोरोना संक्रमण फैलन सक्ने भन्दै महानगर र स्थानीयले हटाए फुटपाथ पसल

स्थानीयको सहयोगमा महानगर प्रहरीले दर्जनभन्दा बढी व्यापारीका लत्ताकपडा, तरकारी, फलफूल नियन्त्रणमा लिएको थियो । सरकारले खाद्यान्न लगायत अत्यावश्यकसहित केही व्यवसाय खुलाउने अनुमति दिएको छ । तर फुटपाथमा अव्यवस्थित रुपमा पसल राख्ने र सटरभन्दा बाहिर सामान बिक्री वितरणका लागि सजाएर राखिएको भन्दै उनीहरुले हटाइदिएका हुन् । त्यसक्रममा नेपाल प्रहरीले पनि साथ दिएको थियो ।

न्यूरोड लगायत क्षेत्रका व्यापारीले लकडाउनका कारण व्यवसाय चौपट परेको भन्दै आन्दोलन थालेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन केही हद्सम्म खुकुलो पार्ने निर्णय गरेको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७७ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?