डोजर दुर्घटनामा चालकको मृत्यु 

काठमाडौँ — चन्द्रागिरि नगरपालिका–४ सेते पहरामा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मकवानपुर पालुङबाट गणेशमानसिंह लोकमार्ग हुँदै थानकोटतर्फ आउँदै गरेको प्रोगेसिभ कन्स्ट्रक्सन प्रालिको ना १ क ७२९३ नम्बरको जेसीबी दुर्घटना हुँदा मकवानपुर थाहा नगरपालिका–४ का ३३ वर्षीय पूर्णध्वज केसीको मृत्यु भएको हो । 

डोजर दुर्घटनामा चालकको मृत्यु 

बिहीबार डोजर कच्ची सडकबाट करिब २ सय ५० मिटर तल खस्दा सख्त घाइते भएका केसीको उपचारको क्रममा नेसनल ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सहचालक २७ वर्षीय अनिल दिसुवा घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?