कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संक्रमितको परिवारका सदस्यको स्वाब संकलन

लीला श्रेष्ठ

भक्तपुर — शुक्रबार कोराना भाइरस संक्रमण पुष्टि भएकी ४२ वर्षीया महिलाको परिवारसहित १९ जनाको ‘नेजल स्वाब’को नमुना संकलन गरिएको छ । 

भक्तपुर नगरपालिकाद्‍वारा सञ्‍चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहले शनिबार संक्रमित महिलाको परिवारका ३ सदस्यसहित प्रत्यक्ष सम्पर्कमा रहेका १९ जनाको ‘नेजल स्वाब’को नमुना संकलन गरेको हो । नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका केही बाँकी व्यक्तिहरुको पनि आइतबार ‘नेजल स्वाब’परीक्षणको लागि पठाइने भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताए ।

शुक्रबार साँझ कोरोना संक्रमण भएकी महिला भक्तपुर–९ की वडा महिला सदस्य हुन् । नगरपालिकाले नगरकार्यपालिका सदस्यहरुको कोरोना परीक्षण गराउने क्रममा जेठ ६ गते ती महिलाको पनि परीक्षण गरेको थियो । नगरपालिकाले जनप्रतिनिधिको परीक्षण गरी सकेर नगरमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गराइरहेको वडाध्यक्ष ज्याख्वले बताए । ती वडा महिला सदस्य नगरपालिका र वडा कार्यालयमा सक्रिय थिइन् ।

वडा कार्यालयका अनुसार गत चैत ३० गते ती महिला राहत वितरण कार्यक्रममा सहभागी थिइन् भने वैशाखको पहिलो साता वडाका विभिन्न स्थानमा धानको बीउ वितरणमा सक्रिय थिइन् । कोरोना संक्रमित फेला परेपछि भक्तपुर–९ च्याम्हासिंह तुमुचो दुगुरे क्षेत्रमा प्रहरीले सिल गरेको छ ।

संक्रमितलाई शुक्रबार राति नै पाटन अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताए । मुटु रोगको नियमित औषधि सेवन गरिरहेकी उनको करिब १२ वर्ष पहिले ‘ओपन हार्ड सर्जरी’गरेको जनाइएको छ । उनको अवस्था सामान्य छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?