संक्रमित महिला बसेको घरकासहित २५ जनाको स्वाब संकलन 

कान्तिपुर संवाददाता

भक्तपुर — गत साता कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएकी २५ वर्षीया महिला बसेको घरको १४ सहित २५ जनाको ‘नेजल स्वाब’को नमुना संकलन गरिएको छ । 

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधिलगायतको रोहवरमा मध्यपुर थिमि–४ शंखधरचोकमा भक्तपुर अस्पतालका चिकित्सिक र ‘आरएनए १६’का स्वयम‌्‌सेवकले उनीहरुको ‘नेजल स्वाब’को नमुना संकलन गरिएको हो । संकलित स्वाबको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताए । उनका अनुसार उनीहरुको रिपोर्ट बुधबारसम्म आइसक्ने जनाएको छ ।

गत मंगलबार महिलामा कोरोना संक्रमण पुष्टी भएपछि मध्यपुर थिमि–४ शंखधर चोक क्षेत्रमा सिल गरेको छ । उक्त क्षेत्रका बासिन्दा ‘होम क्‍वारेन्टाइन’मा रहेको एसपी प्रधानले बताए । स्वाबको रिपोर्ट आएपछि पनि उनीहरु क्‍वारेन्टाइनमा बस्नुपर्ने उनले बताए ।

संक्रमित महिलाको प्रत्यक्ष सम्पर्कमा रहेकी स्टाफ नर्सको ‘नेजल स्वाब’परीक्षणको रिपोर्ट बिहीबार नै नेगेटिभ आएको छ । ती स्टाफ नर्सलाई भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । स्वाबको रिपोर्ट नेगेटिभ आए पनि उनलाई आइसोलेसनमै राख्ने अस्पतालले जनाएको छ ।

सोही दिन कोरोना संक्रमण पुष्टि भएका चाँगुनारायण नगरपालिका–१ दुवाकोटका २७ वर्षीय युवकको परिवारसहित प्रत्यक्ष सम्पर्कमा रहेका ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत साता कोभिड–१९ पुष्टि गरेका युवकको सम्पर्कमा रहेका ९ जनाको बुधबार ‘नेजल स्वाब’को नमुना संकलन गरेको थियो ।

कोभिड–१९ संक्रमित युवककी पत्नी, छोरा, घरमा डेरा बस्ने २, छिमेकी, हजाम २ र २ जना साथीसहित ९ जनाको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमित सशस्त्र प्रहरीका जवान नेकपाका नेता एवं पूर्वगृहमन्त्री भीम रावलका सुरक्षा गार्ड हुन् । उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ । उनको परिवारसहित प्रत्यक्ष सम्पर्कका व्यक्तिहरुलाई ‘होम क्‍वारेन्टाइन’मा राखेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ १६:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बाँकेमा ४७ जनामा कोरोना पोजिटिभ

ठाकुरसिंह थारु, घनश्याम गौतम

काठमाडौँ — बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतका अनुसार यिनमा अधिकांश भारतबाट फर्किएका नेपाली छन् । शनिबार २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमितमध्ये ४६ जना पुरष र १ जना महिला भएको बताएका छन् ।

तीमध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको छ । नरैनापुरको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७७ १६:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×