भक्तपुर नगरपालिका–१ सृजनानगरस्थित बेवारिसे शिशुको विभत्स शव फेला परेको छ । प्रहरीका अनुसार स्थानीय प्रदिप थापाको खालीजग्गामा शनिबार शिशुको शव भेटिएको हो ।
कोरोना संक्रमण पुष्टि भएका चाँगुनारायण नगरपालिका–१ दुवाकोटका २७ वर्षीय युवकको परिवारसहित प्रत्यक्ष सम्पर्कमा रहेका ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरू सबैको बुधबार स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी सुनसरीकी २५ वर्षीय युवतीको प्रत्यक्ष सम्पर्कमा रहेकी साथीको ‘नासल स्वाब’ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकाे स्वाबको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा.सुमित्रा गौतमले बताइन् ।
मध्यपुर थिमि–४ शंखधर चोकस्थित कोठामा बस्दै आएकी स्टाफ नर्सकी साथीमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएपछि उनलाई पनि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।
भक्तपुरमा संक्रमण भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ । मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
चन्द्रागिरि नगरपालिकाले नगरभित्रका ज्याला–मजदुरी गरेर निर्वाह गर्दै आएका परिवारलाई रोजगारी दिएको छ । वडा नम्बर ६, ११ र १५ ले राहत वितरण रोक्दै महिनाको १० दिन काममा लगाई पारिश्रमिक दिने निर्णय नै गरिसकेका छन् ।
अरनिको राजमार्ग हुादै पूर्वी जिल्लाबाट राजधानी प्रवेश गर्ने प्रमुख नाका जगातीमा सवारी साधन निर्मलीकरण गराउने ‘डिस्इन्फेक्सन टनेल’ निर्माण गरिएको छ । सूर्यविनायक नगरपालिका–८ जगातीस्थित पूर्वी नाका भएर उपत्यका भित्रिने सवारी साधनलाई सोमबारबाट ‘डिसइनफेक्सन’ गर्न सुरु गरिएको हो ।