शिशुको शव फेला

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुर नगरपालिका–१ सृजनानगरस्थित बेवारिसे शिशुको विभत्स शव फेला परेको छ । प्रहरीका अनुसार स्थानीय प्रदिप थापाको खालीजग्गामा शनिबार शिशुको शव भेटिएको हो । 

शवको लिङ्ग पहिचान समेत नभएको महानगरीय प्रहरी वृत्त जगातीका सूचना अधिकारी प्रहरी निरिक्षक राजकुमार थापाले बताए ।

शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्‍ज पठाइएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियाका संक्रमित कालीमाटीमा व्यापार गर्थे

गुलरिया नगरपालिका-११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि पूरै गाउँ शनिबार दिउँसोबाट सिल गरिएको छ ।
कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका-११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि पूरै गाउँ शनिबार दिउँसोबाट सिल गरिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा भने बर्दिया नार्खु-११ का महिला भनी गलत सूचना प्रवाह गरिएको थियो ।

कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौं गएका थिए । जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले काठमाडौंमा परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ रिपोर्ट आएको बताए । उनको काठमाडौंमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनी चढेको ट्रक धनगढीका साहुको भएको र चालक-सहचाकलसँगै काठमाडौं गएको स्वास्थ्य प्रमुख गिरीले जनाए । उनको सम्पर्कमा आएकाको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना छन् ।

शनिबार दिउँसो उनको गाउँका कसैलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । उक्त गाउँ आसपास करिब आधा किमि वरिपरि सिल गरिएको छ । बर्दियामा हालसम्म दुई जनामा कोरोना पुष्टि भइसकेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७७ १८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×