३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पालुङबाट पैदलै आएका थिए सतुंगलका ७ वर्षीय संक्रमित बालक

सीमा तामाङ

काठमाडौँ — चन्द्रागिरि नगरपालिकाको वडा नम्बर-१०, सतुंगलका ७ वर्षीय कोरोना संक्रमित बालक वैशाख २९ गते मकवानपुरस्थित पालुङबाट पैदल आएको खुलेको छ ।

पालुङबाट पैदलै आएका थिए सतुंगलका ७ वर्षीय संक्रमित बालक

बालकमा शुक्रबार साँझ कोरोना पुष्टि भएको थियो । संक्रमित बालक आफ्नो आमाबाबुसँग पैदल काठमाडौं आएको नगरपालिकाका स्वास्थ्य संयोजक राममणि घिमिरेले बताए । ती बालकको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको उनले बताए ।

सक्रमित बालक बस्ने घरलाई १४ दिनका लागि सिल गरिएको वडा नम्बर १० का अध्यक्ष गोपालकृष्ण महर्जनले बताए । ‘पालुङबाट आएको थाहा पाएपछि छिमेकीले वडामा खबर गरिदिएका थिए,’ उनले भने, ‘त्यसपछि उनीहरुलाई कोरोना परिक्षण गर्न भनेका थियौं ।’ संक्रमित बालक र आमा बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा उपचारत छन् ।

प्रकाशित : जेष्ठ ३, २०७७ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?