कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

चन्द्रागिरि ९ नम्बर वडामा तरकारी पसलमा रोक

सीमा तामाङ

काठमाडौँ — कोरोना संक्रमित भेटिएपछि चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ ले वडाभित्र तरकारी तथा फलफूल बेच्न रोक लगाएको छ ।

चन्द्रागिरि ९ नम्बर वडामा तरकारी पसलमा रोक

कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडामा बसेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडा समितिको आकस्मिक बैठकले सार्वजनिक स्थलमा तरकारी बेच्न, गाडीमार्फत् तरकारी र फलफूल बिक्री गर्न पनि रोक लगाएको हो ।

वडाध्यक्ष देवेन्द्र महर्जनले सूचना जारी गरी निर्माण सामग्री ढुवानीमा पनि पूर्ण रुपमा रोक लगाएको बताएका छन् । वडा कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे मास्क लगाएर निस्कन र कुनै पसलमा जाँदा सामाजिक दूरी कायम गराउन पनि आग्रह गरेको छ । यो वडामा बसोबास गर्ने एक महिलामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : वैशाख ३१, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?