कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

विद्यार्थीलाई निःशुल्क खाना

प्रशान्त माली

काठमाडौँ — लकडाउनमा कीर्तिपुरका बासिन्दाले विद्यार्थीलाई निःशुल्क खाना खुवाइरहेका छन् । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्थानीयको सहयोगबाट आफूहरूलाई राहत मिलेको बताए ।

विद्यार्थीलाई निःशुल्क खाना

निःशुल्क खाना नःगाउँ दोबाटो र लोकतान्त्रिक चोकमा बिहान ९ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खुवाउने गरिएको छ । कीर्तिपुर क्षेत्रमा मात्रै ३ हजारभन्दा बढी विद्यार्थी भाडामा बस्छन् । कहिले फ्राई राइस त कहिले दाल, भात र तरकारी बाँड्ने गरिएको छ ।

लकडाउनका कारण कोही पनि भोकै बस्न नपरुन् भनेर खाना खुवाउने व्यवस्था मिलाएको स्थानीय विनोद महर्जनले बताए । ‘निःशुल्क खानाको व्यवस्था भएको थाहा पाएपछि खान आउने विद्यार्थी र मजदुरहरूको संख्या बढेको छ,’ उनले भने । स्थानीयले दिनमा ३ सयदेखि ४ सय जनासम्मलाई खाना वितरण गरिरहेका छन् ।

ललितपुरको ठेचोस्थित कस्मिरा सहकारी संस्थाले दैनिक ज्याला मजदुरी गर्नेहरूलाई दाल, भात र तरकारी खुवाउने गरेको छ । ‘दिनमा २ सय ५० देखि ३ सय जनासम्म मजदुर खाना खान आउने गरेका छन्,’ संस्थाका अध्यक्ष रधुनाथ महर्जनले भने । उनले खाना २५ गतेसम्म खुवाउने योजना रहेको पनि सुनाए ।

प्रकाशित : वैशाख १५, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?