खाली सडक, मौन सहर

चन्द्रशेखर कार्की

काठमाडौँ — कोरोना संक्रमण समुदायमा फैलिने त्रासले दुई हप्ते लकडाउनमा गएको देशसँगै कोलाहलमय राजधानीले नै पनि यतिखेर मौन धारण गरेको छ ।

खाली सडक, मौन सहर

मानिस निर्मित होहल्लामा प्रकृतिलाई सुन्न बिर्सिइसकेको काठमाडौं सहर यतिखेर चराको आवाज सुन्ने भएको छ । रात-बिहान हरप्रहर कमिलाका ताँती झै सडकमा बगिरहने गाडी पनि अहिले गायब छन् । राधेराधेबाट क्यामेराले हेर्दा भक्तपुरको सल्लाघारीदेखि थिमीचोकसम्मको खाली सडकको संयोजित दृश्य यस्तो देखियो ।


सवारीसाधान र कलकारखानाहरु नचल्दा काठमाडौंमा वायु प्रदुषणको मात्रा पनि स्वाट्टै घटेको समाचारहरु आएका छन् ।


तस्विर/चन्द्रशेखर कार्की

प्रकाशित : चैत्र २३, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?