३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

गोदावरीका स्थानीयको विरोधपछि इन्डोनेसियाका १३ जनालाई प्रहरी परिसर जावलाखेल ल्याइयो 

प्रशान्त माली

ललितपुर — स्थानीयको विरोधपछि ललितपुरको गोदावरी भिलेज रिसोर्टमा राख्न ल्याइएका १३ जना इन्डोनेसियाका नागरिकलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा ल्याइएको छ । 

गोदावरीका स्थानीयको विरोधपछि इन्डोनेसियाका १३ जनालाई प्रहरी परिसर जावलाखेल ल्याइयो 

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले उनीहरुलाई राख्ने निश्चित क्वारेन्टाइन फेला नपरेसम्म जावलाखेलमा राखिने बताए । इन्डोनेसियन नागरिक सप्तरीबाट बुधबार सुरुमा बालाजुस्थित मस्जिदमा बस्न खोजेका थिए । त्यहाँका स्थानीयले विरोध जनाएपछि प्रहरीले उनीहरुलाई इमाडोलस्थित एक मस्जिदमा व्यवस्थापन गरेका थिए । विदेशी नागरिक आएर बसेको थाहा पाएपछि महालक्ष्मीका स्थानीयबासीले विरोध जनाएपछि बिहीबार दिउँसो उनीहरुलाई गोदावरीस्थित रिसोर्टमा लगिएको थियो ।


महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार मुस्लिम धार्मिक समूहका उनीहरु इन्डोनेसियाबाट माघ ७ गते सप्तरीमा भएको धार्मिक सभामा भाग लिन नेपाल आएका थिए । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईका अनुसार नेपाल आएपछि सुरुमा उनीहरु राजधानीको घण्टाघरस्थित जामे मस्जितमा दुई दिन बसेका थिए । ‘त्यहाँबाट सप्तरी कञ्चनपुरस्थित मस्जिदमा पुगेका थिए,’ एएसपी राईले भने ।

इन्डोनेसियन नागरिक गोदावरी ल्याइएकोमा विरोध

मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले यो बेला कुनै पनि विदेशी नागरिक मस्जिदमा बस्न उपयुक्त नहुने भएकाले गोदावरीस्थित क्वारेन्टाइनमा पठाइएको बताए । ‘अहिलेको अवस्थामा कुनै पनि विदेशी यसरी मस्जिदमा बस्न अनुमति दिन मिल्दैन,’ उनले भने ।


महालक्ष्मी नगरपालिकाकाले भने लकडाउनका बेलामा सप्तरीबाट आउने उनीहरुको बारेमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । महालक्ष्मीका मेयर रामेश्वर श्रेष्ठले नगर क्षेत्रमा अन्य कोही विदेशबाट आएर बसेका पाइएमा त्यसबारेमा जानकारी दिन नगरबासीलाई आग्रह गरेका छन् ।

प्रकाशित : चैत्र २१, २०७६ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?