बिस्काः जात्रा औपचारिक पूजामै सीमित गरिने 

भक्तपुर — मध्यपुर थिमीको बिस्काः जात्रा औपचारिक पूजामै सीमित हुने भएको छ ।विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न नगरपालिकाले यस वर्ष बिस्काः जात्राअन्तर्गत सिन्दुर जात्रा र बोडेको जिब्रो छेड्ने जात्रालाई औपचारिक पूजा गरेर सम्पन्न गर्ने जनाएको छ । 

बिस्काः जात्रा औपचारिक पूजामै सीमित गरिने 

मध्यपुर थिमि नगरपालिकाको बैठकले वैशाख २ गते मनाइने प्रसिद्ध ३२ खटसहितको सिन्दुर जात्रा र बोडेको जिब्रो छेड्ने जात्रालगायतका जात्राहरूलाई औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको हो ।


जात्रामा हुने भिडभाडले कोभिड–१९ संक्रमणको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले औपचारिक पूजा मात्र गर्ने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । मध्यपुर थिमिमा बिस्काः जात्राको मुख्य आकर्षण सिन्दुरे जात्रा र सोही दिन मनाइने बोडेको जिब्रो छेड्ने जात्रा हो । जात्रामा हजारौंको उपस्थिति हुने गरेको छ ।

यसअघि, भक्तपुर नगरपालिकाले जिल्लाको मुख्य बिस्केट जात्रालाई औपचारिक पूजामै सिमित गर्ने निर्णय गरिसकेको छ । बिस्केट जात्रामा विश्वभैरवनाथ र भद्रकालीको रथ तान्ने, ५५ हात लामो लिङ्गो उभ्याउने गरिन्छ ।


बिस्केटजात्रा भक्तपुरवासीको महत्वपूर्ण पर्व हो । प्रत्येक वर्ष चैत अन्तिम साता सुरु भई नयाा वर्षसागै वैशाख महिनाको पहिलो सातासम्म आठ रात नौ दिन चल्ने बिस्केट जात्रामा हजारौं व्यक्ति सहभागी हुन्छन् ।

प्रकाशित : चैत्र २०, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?