कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रातो मत्स्येन्द्रनाथको महास्नान गर्ने निर्णय

प्रशान्त माली

काठमाडौँ — लकडाउन जारी छ । सडक गल्ली टोल चोक सुनसान छ । सर्वसाधारण घरबाहिर निस्कन त्रासपूर्ण वातावरण छ । यस्तो अवस्थामा जात्रापर्व चलाउन सम्भव होला ? सबैमा यस्तो जिज्ञासा उत्पन्न भइरहेका बेला गुठी संस्थान ललितपुर शाखा कार्यालयले रातो मत्स्येन्द्रनाथको महास्नान गर्ने र रथ बनाउने निर्णय गरेको छ ।

रातो मत्स्येन्द्रनाथको महास्नान गर्ने निर्णय

संस्थान ललितपुर प्रमुख राजन भुजुको अध्यक्षतामा बुधबार बसेको बैठकले लगनखेलमा २७ गते मत्स्येन्द्रनाथको महास्नान र २८ गतेबाट पुल्चोकमा रथ निर्माण सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले महास्नानमा सहभागी हुने १३ जना पुजारी, पुल्चोकमा ‘हामोकी’ पूजा गर्न बाराही गुठीका ५ जना नाइके, यवाल र अन्य गुठीका २/२ जना गरेर ६ जना गुठीयारका लागि आवतजावत गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय ललितपुरलाई अनुरोध पनि गरेको छ ।

चैत २८, २९ र ३० गते पुल्चोकमा रथ निर्माण गर्न बाराही गुठीका गुठीयार प्रत्येक दिन ५० जनाका दरले तीन दिनका लागि एक सय ५० जना र ३० गते युवाल गुठीका ३५ जनाको सहभागी हुने निर्णय गरेको छ । रथमा काठको काम बाराही र बेथको काम यवाल गुठीयारले गर्छन् ।

प्रकाशित : चैत्र १९, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?