कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ललितपुरले दियो पाटन अस्पताललाई स्वास्थ्य सामग्री

ललितपुर — ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई कोरोना संक्रमणको आशंका गरिएका र संक्रमित भएका बिरामीको उपचार गर्दा प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

महानगरपालिकालाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट प्राप्त भएका केही सामग्री नगरप्रमुख चिरिबाबु महर्जनले सोमबार पाटन स्वास्थ्य प्रतिष्ठानका उपकूलपति प्रा.डा. भरत यादवलाई हस्तान्तरण गरेका हुन् ।


अस्पताललाई पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट (पीपीई) १० थान, फ्लायर १० हजार थान, मास्क एक हजार थान, पन्जा पाँच सय जोडी र एक सय ७० मिलिलिटर सेनिटाइजर प्रदान गरिएको महानगरले जनाएको छ ।


विषम परिस्थितिमा नियमित सेवासँगै कोरोनाको सम्भावित लक्षण देखिएका बिरामीका लागि समेत जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराएकोमा महर्जनले अस्पताललाई धन्यवाद दिए । अस्पतालमा आबद्ध चिकित्सक, नर्स, र बिरामीको सेवामा खटिएका सम्पूर्ण व्यक्तिहरुको योगदानको उनले प्रसंशा गरे । मुलुकलाई अप्ठ्यारो परेको बेला संयमतापूर्वक पूरा गरेको जिम्मेवारी र पेसाप्रतिको प्रतिबद्धता अतुलनीय रहेको उनको भनाई थियो ।


उपकूलपति यादवले बिरामीको उपचार गर्दा चिकित्सकका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेकोमा महानगरलाई धन्यवाद दिए । पाटन अस्पतालले गरेको कामको महानगरले प्रशंसा गरेर चिकित्सक र अन्य स्वास्थ्यकर्मीको मनोबल उच्च भएको उनले सुनाए ।

प्रकाशित : चैत्र १८, २०७६ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?