कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लायन्स क्लबद्वारा पाँच सय थान पीपीई र एक हजार लिटर स्यानिटाइजर वितरण 

काठमाडौँ — लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ ले विभिन्न अस्पतालमा पाँच सय थान पीपीई र एक हजार लिटर स्यानिटाइजर वितरण गरेको छ । 

अस्पतालमा पीपीइ र स्यानीटाइजर जस्तो अत्यावश्यक सामग्री नभएकाले स्वास्थकर्मी समस्यामा परेका थिए । लायन्स क्लब ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ का सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टका अनुसार चितवन र नवलपुर क्षेत्रका सामुदायिक अस्पताल, बकुलहर रत्ननगर अस्पताल टाँडी, गुञ्जमान अस्पताल पिठुवा, अस्थायी कोरोना अस्पताल रत्ननगर, कालिका स्वास्थ्य चौकी, ईच्छाकामना स्वास्थ्य चौकी र कावासोती अस्पतालमा शनिवार उक्त सामग्री वितरण गरिएको हो ।

उनका अनुसार स्थानीय नगरप्रमुखहरुको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो । यसअघि पनि सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर भट्टले भरतपुरको कोरोना विशेष अस्पतालका संयोजक एवम् भरतपुर महानगरपालिकाको मेयर रेणु दाहाललाई ५० थान पीपीई र ५० लिटर स्यानीटाइजरसमेत हस्तान्तरण गरेका थिए ।

प्रकाशित : चैत्र १५, २०७६ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?