कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कांग्रेस महासमिति सदस्य लामाको निधन

रासस

काठमाडौँ — कांग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको बिहीबार निधन भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको सो पार्टीका वाग्मती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिए ।

लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका लामा महेन्द्र बौद्ध माध्यमिक विद्यालय व्यवस्थापन समिति तथा चक्रबहादुर ठकुरी फाउन्डेशनका अध्यक्ष थिए । संयुक्त अधिराज्य बेलायतबाट स्नातकोत्तर उत्तीर्ण लामा बौद्धधर्मका ज्ञातासमेत थिए । लामाका श्रीमती, एक छोरा, एक छोरी छन् ।


प्रकाशित : चैत्र १४, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?