उपत्यकामा ८ सय ९१ सवारीसाधन नियन्त्रणमा 

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । 

उपत्यकामा ८ सय ९१ सवारीसाधन नियन्त्रणमा 

अटेर गरी लकडाउन उल्लंघन गरी सञ्चालन गरेका ७ सय ७० मोटरसाइकल र १ सय २१ चारपांग्रे सवारी गरी ८ सय ९१ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए । अनावश्यक रुपमा घरबाट सडकमा निस्किएका सर्वसाधारणलाई समेत सम्झाइ–बुझाइ गरी घरमा फर्काइएको उनले बताए ।

अत्यावश्यक सेवा र पासका सवारी साधनमात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन प्रहरी, स्थानीय तहलगायतले माइकिङ्ग गरेर घरभित्रै बस्न आग्रह गर्दै आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) मुलुकमा फैलिन नदिन सरकारले मङ्गलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।


प्रकाशित : चैत्र १२, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?