सैनिक मुख्यालय हाताभित्र दुर्घटना, एकको मृत्यु

काठमाडौँ — सैनिक मुख्यालय भद्रकालीभित्र सोलार प्यान जडान गर्ने क्रममा दुर्घटनाबाट शनिबार एकको मृत्यु भएको छ । दुर्घटनामा सोलुखुम्बु दोर्पुका भुप श्रेष्ठको मृत्यु भएको हो । 

श्रेष्ठ करिब पौने चार बजे सैनिक मुख्यालयभित्र रहेको सोलार प्यानको ब्याट्री फेर्दै गर्दा पोलबाट झरेका थिए । भुइँमा ठोकिएर उनको टाउको पछाडि चोट लागेको थियो । लगत्तै नजिकैको ब्लु क्रस अस्पतालमा पुर्‍याइएको थियो । लगत्तै डाक्टरहरुले उनलाई मृत घोषाण गरेका थिए ।


श्रेष्ठका आफन्त हरिनारायण राजभण्डारीका अनुसार ब्याट्री फिट गर्दा क्रेनको हुक कमजोर हुँदा खसेर चोट लागेको हो । त्यसपछि घटनास्थलमा प्रहरीको टोली र आफन्तहरु गएर अनुसन्धान गरेको उनले बताए । उनले ठेकेदारले बिदाको दिन पनि काम लगाएको तर क्रेनचाहिँ सेनाकै रहेको बताए । उनले मृतकलाई क्षतिपूर्तिका सम्बन्धमा ठेकेदारसँग कस्ता सम्झौता भएको थाहा नभएको बताए ।


सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले घटना सेनाको हाताभित्र भए पनि सेनाले उक्त कामको लागि ठेकेदारलाई जिम्मा दिएको बताए ।

प्रकाशित : चैत्र ८, २०७६ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?