जीपी कोइरालाको दसौं स्मृति दिवसमा मास्क र स्यानीटाइजर वितरण

रासस

काठमाडौँ — कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवसका अवसरमा माक्स र स्यानीटाइजर वितरण गरिएको छ ।

जीपी कोइरालाको दसौं स्मृति दिवसमा मास्क र स्यानीटाइजर वितरण

नेविसंघ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले शुक्रबार नयाँ बानेश्वर चोकमा दुई हजार ५०० माक्स र ५० स्यानीटाइजर वितरण गरेको हो । कार्यक्रममा नेविसंघका महामन्त्री बलदेव तिमल्सेनाले विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसबारे आफ्नो संगठनले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । 'कोरोनाको बारेमा सचेतना प्रदान गर्न नेविसङ्घ देशभरका सम्पूर्ण विद्यालय र क्याम्पसमा पुग्छ', उनले भने ।


नेविसङ्घका अर्का महामन्त्री युवराज पाण्डेले कोरोनालाई देखाएर बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्न नहुने बताए । 'दुःखको बेला हातेमालो गरेर अगाडि बढ्नुपर्छ, कृत्रिम अभाव सिर्जना गर्नेलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ', उनले भने ।


नेविसङ्घ स्याङ्जा–काठमाडौँ सम्पर्क समिति अध्यक्ष इञ्जिनीयर दीपेन्द्र क्षेत्रीले बजारमा अत्यावश्यक सामग्रीको अभाव हुँदै गएका बेलामा थोरै भए पनि रोकथामका लागि सहयोग पुर्‍याउने उद्देश्यले माक्स वितरण समारोह आयोजना गरिएको बताए । नेविसङ्घ केन्द्रीय समितिले स्व कोइरालाको दसौं स्मृति दिवसका अवसरमा शुक्रबार साँझ २५ जनाभन्दा धेरै मानिस जम्मा नभई देशभरका जिल्ला तथथा क्याम्पस समितिलाई दिप प्रज्वलन गर्न निर्देशन दिएको छ ।

प्रकाशित : चैत्र ७, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?