कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

श्रीमतीको हत्या आरोपमा पक्राउ

भक्तपुर — श्रीमतीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित ३२ वर्षीया पवित्रा व्याञ्जु गत शुक्रबार घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी थिइन् । 

श्रीमतीको हत्या आरोपमा पक्राउ

प्रहरीले अनुसन्धान गर्ने क्रममा श्रीमान ३३ वर्षीय राजन व्याञ्जुले हत्या गरेको खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


प्रहरीले हत्याको आरोपमा व्याञ्जुलाई पक्राउ गरेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए । श्रीमान श्रीमती दुवैले सँगै बसेर मादक पदार्थ सेवन गरेको र खाना पकाउने विषयमा विवाद हुँदा व्याञ्जुले श्रीमती पवित्रालाई चिरेको दाउरा प्रहार गर्दा मृत्यु भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

मृतकको दाई अर्जुन भन्‍ने प्रेम बहादुर घर्तीले हत्या विरुद्व किटानी जाहेरी दिएका छन् ।

प्रकाशित : चैत्र ४, २०७६ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?