२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जना घाइते

कान्तिपुर संवाददाता

(भक्तपुर) — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–५ सृजनानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति काभ्रेबाट मध्यपुर थिमितर्फ आउँदै गरेको प्रदेश ३–०२–००७ प २७७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङ्गमा ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका–१४ घरभई बालकोट बस्ने २६ वर्षीया शान्ति गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनाबाट सख्त घाइते गौतमको उपचारको क्रममा मध्यपुर अस्पताल नयाँ थिमिमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी चक्रराज जोशीले बताए ।


मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका–७ नगदेशका २३ वर्षीय राजीव बाँडे घाइते छन् । घाइतेको मध्यपुर अस्पतालमै उपचार भइरहेको उनले बताए । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?