कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

६४ जनाद्वारा रक्तदान

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर पब्लिकेसन्सको २७ औं वार्षिकोत्सवका अवसरमा सोमबार भएको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा कान्तिपुर दैनिकका ९, कर्पोरेटका २, फाइनान्सका ३, वितरण विभागका १३ , केडीसीका ४, कान्तिपुर एफएमका ६ , कान्तिपुर टीभीका ३, प्रशासन विभागका २, आईटीका १, मार्केटिङका १, नारी/साप्ताहिका ४ जना रहेका छन् ।

६४ जनाद्वारा रक्तदान

त्यस्तै, नेपाल साप्ताहिकका १, काठमाडौं पोस्टका ३, टीएनएमका २ र ११ जना आगान्तुकले रक्तदान गरेका छन् ।


रक्तदान गर्नेमा कान्तिपुर दैनिकका देवेन्द्र भट्टराई, राजेन्द्र बस्नेत, दुर्गा खनाल, ध्रुवकुमार तुलाधर, अब्दुल्लाह मियाँ, प्रकाशचन्द्र तिमल्सेना, कुशल तिमल्सिना, रामकृष्ण श्रेष्ठ र यज्ञ बन्जाडे छन् । कर्पोरेटका महेश्वर स्वाँर र दिनेश डीसीले रक्तदान गरेका छन् ।


त्यस्तै, काठमाडौं पोस्टका सञ्जीव सत्गैया, सृजु वज्राचार्य, नुमाकान्त पौडेल र कान्तिपुर एफएमबाट पवन आचार्य, प्रिन्स गौतम, वसिम अन्सारी, विजय लिम्बू लावती, सुविना राजकर्णिकार, र परमानन्द खनालले रक्तदान गरेका छन् । कान्तिपुर टेलिभजनबाट रक्तदान गर्नेहरूमा विकास जोशी, सलिना घिमिरे, आर्जु नेपाल रहेका छन् ।


यसैगरी, कान्तिपुर वितरण विभागका ईश्वर अधिकारी, सञ्जयध्वज जोशी, शोभाराम चौधरी, रेखा कार्की, धुव्रराज ढुंगाना, निकिता मुखिया, मुकुन्द न्यौपाने, श्रीकृष्ण श्रेष्ठ, नानीबाबु अधिकारी, रामप्रसाद भण्डारी, सुरेश अधिकारीले पनि रक्तदान गरेका छन् । फाइनान्सबाट रक्तदान गर्नेहरूमा खड्गबहादुर तामाङ, महेन्द्र खत्री र सुरेश दयाल छन् । आईटीका जितेन्द्रकुमार यादव, प्रशासनका सरु महर्जन र महेन्द्र खड्का, नेपाल साप्ताहिककी सुनीता लोहनीले रक्तदान गरेका छन् ।


केडीसीबाट रक्तदान गर्नेहरूमा कृष्ण प्रजापती, सुजित लुइँटेल, विशाल खड्का, आभास अधिकारी, निशान शाही र मार्केटिङबाट आशिष निरौला, नारी/साप्ताहिकबाट सुजाता मुखिया, राधिका अधिकारी, प्रकृति दाहाल र कला अनुरागी छन् । टीएनएमबाट मानस श्रेष्ठ, युनिस दाहालले रक्तदान गरेका छन् । आगान्तुकका तर्फबाट जस्मिन पेन्टका महेश्वर आचार्य, फुड हबका शिरीष पोखरेल, क्लक बीका वीरेन्द्र शाह, क्रिस्टल लिक्वर ट्रेडर्सका निशान्त घिमिरे, पार्थ इन्टरनेसनका टिना सुवाल, कँडेल रिटेलका मीनराज कँडेल, एप्पोलो टायरका नवीन अग्रवालले रक्तदान गरेका छन् । बानेश्वरका सरोजलाल कर्माचार्य, अनिल श्रेष्ठ, बौद्धका दिवस तामाङ र बालकोटका दिवस पौडेलले पनि कार्यक्रममा रक्तदान गरेका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?