कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

फास्ट ट्रयाक चाहिंदैन भन्दै बुंगमतीवासीद्वारा प्रदर्शन

काठमाडौँ — प्राचीन पुरातात्विक महत्वका बस्ती समाप्त हुने गरी सरकारले विकासका आयोजना अघि बढाएको भन्दै खोकना, बुंगमतीवासीले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले ब्यानर, प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । 

फास्ट ट्रयाक चाहिंदैन भन्दै बुंगमतीवासीद्वारा प्रदर्शन

जनसरोकार समिति खोकना, खोकना,बुंगमतीवासी पीडित जनताको आहृवानमा प्रदर्शन गरिएको हो । उनीहरुले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरात्तविक सम्पदा खोकनारबुंगमतीमा दूर्तमार्ग, बाहिरी चक्रपथ, वागमती करिडोरजस्ता परियोजना सञ्चालन गरेर तिनको अस्तित्व नै मेट्न खोजिएको आरोप लगाएका छन् ।



उक्त क्षेत्रमा आयोजनाहरु सञ्चालन गर्दा स्थानीयको सहमति र सहभागीतामा सर्वपक्षीय निर्णय अनुसार वातावरणीय प्रभाव मूल्यांकन, विस्तृत परियोजना निर्माण गरी व्यवस्थित तरिकाले गर्न सरकारसँग माग गरिएको छ ।




प्रकाशित : माघ २८, २०७६ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?