कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघे संक्रान्तिमा सार्वजनिक बिदा दिन माग

काठमाडौँ — नेपाल मगर संघले माघे संक्रान्ति चाडमा सार्वजनिक बिदा दिन माग गरेको छ । माघे संक्रान्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट तथा शुभकामना आदनप्रदानमा मगर संघले सार्वजनिक बिदा दिन माग गरेको हो । 

माघे संक्रान्तिमा सार्वजनिक बिदा दिन माग

मगर संघले माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते काठमाडौंको टुँडिखेलमा ‘माघे सकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ । संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।


पत्रकार भेटघाटमा मगर संघका अध्यक्ष नवीन रोकामगरले माघे संक्रान्तिको अवसर दिँदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको बताए । उनले माघे संक्रान्तिको अवसरमा ४ प्रदेशका सरकारले सार्वजनिक बिदा दिएको उल्लेख गर्दै संघीय सरकारले नै बिदा दिनुपर्ने बताए ।


पत्रकार भेटघाटमा जारी वक्तव्यमा ‘माघेसकराती लगायतका सांस्कृतिक चाडपर्वहरुमा नेपाल सरकारले कतौती गरेका सार्वजनिक बिदाहरुलाई समानता र सामाजिक न्यायको सिद्धान्तको आधारमा पुनःस्थापना गराउनका लागि मन्त्रीस्तरीय समितिले ल्याएको सार्वजनिक बिदा सम्बन्धीको प्रस्तावप्रति हार्दिक स्वागत गर्दै यथासक्य मन्त्रिपरिषद्‌बाट निर्णय गरि कार्यन्वयन गर्न माग गर्दछौं’ भनिएको छ ।


संघले ‘माघे सकराती राष्ट्रिय चाड मनाउँदै अघि बढौं । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल नारासहित माघ १ र २ गते टुँडिखेलमा मगर मौलिक सांस्कृतिक महोत्सव मनाउँदै छ ।

प्रकाशित : पुस २९, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?