टोखामा नि:शुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ — प्रज्ञान एकेडेमी र जनकल्याण सामाजिक केन्द्रले मधुमेह, मुटु रोग, नाक, कान, घाँटी तथा स्त्री रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेका छन् ।

टोखामा नि:शुल्क स्वास्थ्य परीक्षण

शनिबार टोखा नगरपालिका ३, गोगंबु धमलटारमा आयोजना गरिएको शिविरमा १ सय २० जनाले स्वास्थ्य परीक्षण गराएका प्रज्ञान एकेडेमीका अध्यक्ष महेश पाण्डेले जानकारी दिए । उनका अनुसार शिविरमा बिरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

करिब ३ सय जना सहभागी शिविरमा सुवास गौतम, अकुपञ्चर विशेषज्ञ रविनलाल श्रेष्ठ लगायत १० जना चिकित्सकले सेवा दिएका थिए ।

प्रकाशित : मंसिर २९, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?