भ्रमण वर्ष प्रवर्द्धनका लागि प्रदेश १ मा ९ सद्भावना दूत नियुक्त

काठमाडौँ — भ्रमण वर्ष प्रवर्द्धनका लागि प्रदेश १ सरकारले ९ जनालाई पर्यटन सद्भावना दूतमा नियुक्त गरेको छ । कालकार दीपाश्री निरौला, हिमाल आरोही काम्रिता शेर्पा, अल्ट्रा धाविका मिरा राई लगायतलाई भ्रमण वर्ष २०२० को सद्भभावना दूतमा प्रदेश सरकारले नियुक्त गरेको हो ।

प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि राजधानीमा आयोजना गरेको एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले उनीहरूलाई सद्भावना दूतको प्रमाणपत्र प्रदान गरे । मुख्यमन्त्री राईले प्रदेश १ लाई आधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई अनुरोध गरेका छन् । उनले प्रदेश १ लाई उत्कृ्ष्ठ गन्तव्य बनाउनका लागि गुरुयोजना बनाउने गृहकार्य भइरहेको जानकारी दिए ।


भ्रमण वर्षमा प्रदेश १ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारले लिएको प्रदेश १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले बताए । कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्दै संघीय सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : मंसिर २८, २०७६ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?