कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सरको नि:शुल्क परीक्षण

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिकाले महिलामा हुने पाठेघर र स्तन क्यान्सर मुखको नि:शुल्क परीक्षण गरिरहेको छ । 

मंसिर १८ गतेबाट सुरु भएको परीक्षणबाट शुक्रबारसम्म ६ सय ४८ महिलाले सेवा लिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले बताए । नि:शुल्क परीक्षण गर्न नगरपालिकालाई प्रिभेन्ट क्यान्सर नेपाल संस्थाले सघाएको छ ।


शुक्रबार नगरपालिकाको महांकाल स्वास्थ्यचौकीबाट वडा ८ र ९ का तीन सय १२ महिलाको परीक्षण गराइयो । एक महिना समय लगाएर एक सय २१ जना स्वास्थ्य स्वयंसेविका खटाई नगरपालिकाले नि:शुल्क परीक्षणबारे नगरपालिकाभरि महिलालाई जानकारी दिएको थियो । मंसिर महिनाभर नगरपालिकाले चुन्नीखेल स्वास्थ्यचौकी, कपन स्वास्थ्यचौकी, चपली स्वास्थ्यचौकी र खड्ग भद्रकाली स्वास्थ्य चौकीबाट नि:शुल्क परीक्षण सेवा पाउने दाहालले बताए । ‘अहिलेसम्मको जाँचअनुसार अधिकांश महिलामा पाठेघरको संक्रमण बढी देखिएको छ,’ उनले भने, ‘केही महिलामा क्यान्सर हुन सक्ने आशंका पनि गरिएको छ ।’ परीक्षणबाट कुनै महिलामा क्यान्सर वा गम्भीर समस्या देखिए थप उपचारका लागि पनि नगरपालिकाले सहयोग गर्ने उनले बताए ।


महामारी फैलिहाले त्यसको व्यवस्थापनका लागि समेत नगरपालिकाको स्वास्थ्य शाखा तयारी अवस्थामा छ । समुदायमा हैजा, इन्फ्लुएन्जालगायत केही महामारी फैलिए अब नगरपालिकाले केन्द्रीय सरकारको मुख नताक्ने अधिकृत कुमारप्रसाद दाहालले बताए । महामारी नियन्त्रण गर्न शाखाले चिकित्सक सहितको र्‍यापिड रेस्पोन्स टिम तयार राखेको छ । टिममा, अहेब, नर्स, अनमी, ल्याब असिस्टेन्ट छानिएका छन् ।


प्रकाशित : मंसिर २१, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?