१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बौद्धमा फुटपाथ पसल सञ्चालनमा रोक

काठमाडौँ — बौद्ध क्षेत्रमा फुटपाथ पसल सञ्चालनमा रोक लगाइएको छ । सहज रूपमा हिँड्न नपाएको भन्दै पैदलयात्रीको उजुरी आउन थालेपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ ले यस्तो निर्णय गरेको हो ।

‘हिँड्न समस्या भएपछि वडामा धेरै उजुरी आउन थालेको थियो,’ वडाध्यक्ष दीपेन्द्र लामाले भने, ‘सुरुमा एक हप्ता माइकिङ गरेर पसल सञ्चालकलाई सचेत गराएका थियौं ।’ पीपलबोट र बौद्धगेटलगायत क्षेत्रका फुटपाथमा ठेला र पसल नै राखेर व्यापार हुँदै आएका थिए । वडाका अन्य क्षेत्रका अव्यवस्थित पसल पनि हटाइने उनले बताए । ‘बौद्ध स्तूप विश्व सम्पदामा सूचीकृत क्षेत्र हो, दैनिक पर्यटकको भीड हुन्छ,’ वडाध्यक्ष लामाले भने, ‘जथाभावी ठेला राख्दा ओहोरदोहोरमा समस्या देखिएकाले यस्तो निर्णय गरेका हौं ।’ वडाले शुक्रबार बौद्ध क्षेत्रको अनुगमन क्रममा सातवटा ठेलागाडा जफत गरेको छ ।





प्रकाशित : मंसिर १३, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?